दलित संसदीय इतिहास – Jagaran Media Center

दलित संसदीय इतिहास

नेपालको निकै लामो संसदीय इतिहासमा दलित प्रतिनिधित्वलाई हेर्ने हो भने त्यो सम्झन लायक छ । २०१५ सालमा राजाबाट जारी भएको संविधान बमोजिम २०१६ बैशाख २१ गते संसदको पहिलो साधारण निर्वाचन सम्पन्न भएपछि नेपालकै इतिहासमा पहिलो पटक निर्वाचित संसद गठन भयो तर, जुन दलित प्रतिनिधि विहिन थियो ।
त्यसपछि पटक पटक राजाहरुद्धारा गठन भएका पञ्चायती ब्यवस्थामा पनि दलित प्रतिनिधित्व भएको थिएन । तर, २०४७ सालको संविधान आउनुपुर्ब २०३२ सालमा राजाद्धारा गठन भएको ब्यवस्थापिकामा भने सुनसरीका हिरालाल बिश्वकर्मा मनोनित हुनु भएको थियो ।
नेपालमा प्रजातन्त्र पुर्नबहालीपछि पनि राजाको प्रत्यक्ष सासनकालमा २०४७ सालमा घोषणा भएको संविधान अनुसार २०४८ सालमा भएको निर्वाचनमा बांकेबाट कृष्ण सिंह परियार सांसदमा निर्वाचित हुनुभएके थियो । उहाँ नै नेपालको संसदीय ब्यवस्थाको पहिलो निर्वाचित दलित सांसद हुनुहुन्छ ।
त्यसपछि नेपालमा भएको दशबर्षे जनयुद्ध र जनआन्दोलनको बलका बनेको अन्तरिम संविधान २०६३ अनुसार भएको संविधानसभाको पहिलो निर्वाचनमा ५१ जना दलित सभासद संविधानसभामा आएका थिए । त्यसैगरि दोस्रो पटक भएको संविधानसभाको निर्वाचनमा पहिलेको भन्दा घटेर जम्मा ३९ जना दलित सभासद संविधानसभामा पुगेका थिए ।
अहिले संघिय ब्यवस्थामा दलित सांसद उपस्थिती :
नेपालको संविधान २०७२ घोषणा पछि भएको तिनै तहको निर्वाचनमा दलित प्रतिनिधित्व पहिले भन्दा झन घटेर आयो । राष्ट्रिय र प्रतिनिधीसभा गरि जम्मा २६ जना सांसद निर्वाचित भए भने सात वटै प्रदेशमा निर्वाचित सांसद संख्या जोडेर जम्मा ६१ सांसद छन् ।